बेललाई टोटनह्याम मै राख्न जोड दिँदै रियल म्याड्रिड

, SPAIN - FEBRUARY 9: (L-R) Gareth Bale of Real Madrid, coach Zinedine Zidane of Real Madrid during the La Liga Santander match between Osasuna v Real Madrid on February 9, 2020 (Photo by David S. Bustamante/Soccrates/Getty Images)

ग्यारेथ बेललाई स्थायी आधारमा टोटनह्याममा साइन गर्न रियल म्याड्रिडले जोड दिँदै गरेको खबर छ। वेल्शम्यानले आइतबार बर्नेली विरुद्धको ४-० जितमा २ गोल र एक असिस्ट पनि गरे।

स्पर्समा लोनमा आए पछिको यो उनको सबैभन्दा राम्रो प्रदर्शन रहेको छ र खबर अनुसार लस ब्लान्कोसको आशा छ कि टोटनह्यामले बेललाई स्थायी आधारमा साइन गर्ने छ।

एक्सप्रेसका अनुसार रियल बेलेको ६००,००० प्रति हप्ताको तलब अफ-लोड गर्दै नयाँ खेलाडी साइन गर्न रकम जम्मा गर्न चाहन्छन्।

स्पर्सको निर्णय भने केही महिनाहरूमा निर्भर गर्ने छ, लिगमा स्पर्स शीर्ष चारमा पुगे मात्र बेललाई स्पर्सले राख्न सक्षम हुन सक्ने कुरा छ भने बेल पनि च्याम्पियन्स लिग खेल्न चाहन्छन्। बेलको राम्रो फमको कारण उनको बिक्रीबाट राम्रो रकम पाउने रियलको आसा रहेको छ।