“बेललाई घरमा फिर्ता ल्याऊ”- ग्राहम रोबर्ट्स

टोटनह्यामका लेजेण्ड र नेपाल राष्ट्रिय टोलिका पुर्व कोचले बेललाई टोटनह्याममा फिर्ता ल्याउन आग्रह गरेका छन्।

टोटनह्यामबाट रियल म्याड्रिडमा गएका बेलले धेरै उपाधिहरु जितेका छन् तर हालको केहि समय देखि उनले रियलमा धेरै खेल समय पाएका छैनन्।

र टोटनह्यामका लेजेण्ड ग्राहम रोबर्ट्सले बेललाई घरमा फिर्ता ल्याउन आग्रह गरेका छन्। ट्वीटर मार्फत उनले बेललाई टोटनह्याममा फिर्ता ल्याउन आग्रह गरेका हुन्।

टोटनह्यामले केहि समय अघि ग्यारेथ बेललाई साइन गर्ने चासो देखाएको थियो तर रियल म्याड्रिडले उनको लागि €८० मिलियनको माग गरेको थियो ।

उनलाई लोनमा बेच्ने प्रस्ताव उनको एजेन्टले अस्वीकार गर्दै आएका छन् ।

बेलको हालको प्रदर्शन हेर्ने हो भने €३० मिलियन उनको लागि उचित मूल्य देखिन्छ, तर निर्णय रियल म्याड्रिडको हातमा रहेको छ।