बेलग्रेडसंग लिभरपुलको लज्जास्पद हार

लिभरपुल युईएफए च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ । मंगलबार राति भएको समूह चरणको चौथो खेलमा लिभरपुल सर्बियन क्लब रेड स्टार बेलग्रेडसंग २ – ० ले पराजित भएको हो । घरेलु मैदानमा लिभरपुललाई स्तब्ध बनाउन मिलान पाभकोभले दुई गोल गरे । पहिलो हाफमा बेलग्रेडका पाभकोभ नायक बनेपछि लिभरपुलले हार व्यहोरेको हो ।

पहिलो हाफको २२ औं मिनेटमा पाभकोभले गोल गर्दै बेलग्रेडलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको २९ औं मिनेटमा पाभकोभले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बेलग्रेड २ – ० ले अघि रह्यो र दोस्रो हाल्फमा दुबै टोलिले गोल गर्न सकेन ।

हारसंगै समूह ‘सी’ को लिभरपुल लिगको दोस्रो स्थानमा झरेको छ । लिभरपुलले ४ खेलबाट ६ अंक जोडेको छ । लिभरपुलको दोस्रो चरणमा पुग्ने सम्भावना कायम रहेको छ । बेलग्रेड ४ खेलबाट ४ अनक जोडेर पुछारमा छ । यस समूहको शीर्ष स्थानमा नेपोली (गोल अन्तरको हिसाबमा) रहेको छ ।