बेलको कारण रियल म्याड्रिड एम्बाप्पे साइन गर्न असफल हुन सक्ने

पेरिस सेन्ट-जर्मेनका स्टार किलियन एम्बाप्पे रियल म्याड्रिड जाने धेरै चर्चा हुदै गरेको छ। रियल पनि फ्रेन्च स्टार साइन गर्न इच्छुक छन् र अर्को सिजन रियलले उनलाई साइन गर्ने चर्चा हुदै गरेको बेला सो चालमा बाधा आउन सक्ने खबर छ।

खबर अनुसर ग्यारेथ बेलको कारण रियल एम्बाप्पे साइन गर्न असफल हुन सक्ने छन्। हाल बेल रियलबाट टोटनह्याममा लोनमा छन् र सिजनको अन्त्य पछि उनि रियल फर्किने छन्।

स्प्यानिश-आधारित आउटलेट ए एसका अनुसार स्पर्समा रहेका स्टार फोवार्ड ग्यारेथ बेल यस सिजन पछि रियल फर्कने छन् र उनको कारण रियललाई एम्बाप्पे साइन गर्न गार्हो हुने छ।

बेल रियलमा फर्किए पछि उनको पुरा तलब रियलले तिर्नु पर्ने हुने छ र उनको बार्षिक तलब €१४.५ मिलियन रहेको छ र सो क्रममा रियललाई एम्बाप्पेको तलब तिर्न गार्हो हुने छ।

यो सिजन पछि बेल र रियल बीचको सम्झौतामा अझै १ वर्ष बाकी हुने छ। बेल रहेको समय रियलले एम्बाप्पे साइन गरे क्लबको तलब खर्च यूरोपकै सबैभन्दा ठुलो हुने छ।