अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका करिम बेन्जेमाले आफ्नो निर्णय वारे पुनर्विचार गर्न सक्ने रिपोर्ट छ। खबर अनुसार फ्रेन्च कोच डिडिएर डेसच्याम्प्सको सट्टा फ्रान्स राष्ट्र टिममा अर्को कोच आए बेन्जेमा आफ्नो रिटायरमेन्टबाट फर्किन इच्छुक हुने जानकारी छ।
Karim Benzema ‘could reverse France retirement’ if Zinedine Zidane is next boss https://t.co/S4TBAOQYES
— Sun Sport (@SunSport) December 20, 2022
२०२२को फिफा विश्व कपको अन्त्य भए पछि बेन्जेमाले आफ्नो संन्यासको घोषणा गरेका थिए। विश्व कप सुरु हुन अगाडी बेन्जेमा फ्रेन्च टिममा परे पनि चोटको कारण उनलाई कोच डेसच्याम्प्स घर फर्काएका थिए जुन कुराबाट बेन्जेमा खुसी थिएनन्।
फ्रान्स विश्व कपको फाइनलमा पराजित भएको थियो भने बेन्जेमाले फाइनल खेल पछि आफ्नो संन्यासको घोषणा गरेका थिए। हाल डिडिएर डेसच्याम्प्सलाई फ्रान्सले बर्खास्त गर्न सक्ने र उनको सट्टा फ्रेन्च लेजेन्द जिदान आउन सक्ने चर्चा हुँदै गर्दा सो कुरा वास्तविकता भए बेन्जेमा रिटायरमेन्टबाट फर्किन सक्ने जानकारी छ।
फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका थिए।
बेन्जिमाले फ्रान्सबाट ९७ क्याप खेल्दै ३७ गोल गरेका छन् । उनले १५ वर्षअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।