बेन्जेमा चोटग्रसित हुँदा रोनाल्डो रियल म्याड्रिड फर्किने चर्चा

फ्रेन्च सुपरस्टार करिम बेन्जेमा विश्वकपको प्रशिक्षणको क्रममा चोट ग्रसित भएका छन् भने उनी फ्रेन्च टिमबाट बाहिरिएको बेला रियल म्याड्रिडमा पनि मैदान बाहिर हुने भए पछि रियल म्याड्रिडले बेन्जेमाको विकल्पमा रोनाल्डोलाई ६ महिना सम्झौतामा साइन गर्न सक्ने चर्चा भएको छ।

म्यान्चेस्टर युनाइटेड सँगको सम्बन्ध बिग्रे पछि क्रिस्टियानो रोनाल्डोले क्लब छोड्ने पक्का रहेको छ भने हाल रिपोर्ट अनुसार रोनाल्डोका प्रतिनिधिले रियल म्याड्रिड सामु रोनाल्डोको प्रस्ताव गरेको छ र बेन्जेमाको विकल्पको रूपमा रोनाल्डोलाई ६ महिनाको लागि साइन गर्न रियल सामु रोनाल्डोको प्रतिनिधिको प्रस्ताव रहेको जानकारी छ।

रोनाल्डोले एक अन्तर्वार्तामा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर युनाइटेडका कोच एरिक टेन ह्यागको आलोचना गरे पछि युनाइटेड खुसी छैन भने युनाइटेडले उनी सँगको सम्झौता रद्द गर्ने जानकारी छ र रोनाल्डो नयाँ क्लबको खोजीमा रहेको बेला रियल म्याड्रिड सँग उनको नाम जोडिएको छ।

रोनाल्डोले रियल म्याड्रिडको लागि २००९ देखि २०१८ सम्म खेलेका थिए भने सो क्रममा उनले ४३८ खेल खेल्दै ४५० गोल गरेका छन् र रियल सँग २ लिग उपाधि र च्याम्पियन्स लिग जितेका छन्।

हाल रोनाल्डो रियल म्याड्रिड फर्किन सक्ने धेरै चर्चा हुँदै गरेको छ भने प्रिमियर लिग क्लब चेल्सी पनि उनलाई साइन गर्न इच्छुक रहेको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ