“बेन्जेमाले आफु माथि शंका गर्नेहरुलाई जहिले पनि गलत प्रमाणित गर्छन”

बार्सिलोनाका आक्रमणकारी एन्टोइन ग्रिज्म्यानले रियाल म्याड्रिडका स्टार करीम बेन्जेमाको प्रशंसा गरेका छन्।

ग्रिज्म्यानले एन्लेटिको म्याड्रिडमा खेलाडीको रूपमा धेरै पटक बेन्जेमाको सामना गरिसकेका छन्, यद्यपि बार्सा जर्सीमा यो उनको पहिलो पटक हुनेछ।

“बेन्जेमाको बारेमा सँधै सन्देहहरू हुन्छन् र त्यसपछि उनी एकै सिजनमा १५ वा २० गोल गर्न सफल हुन्छन्,” ग्रिज्म्यानले मोभिसारलाई भने।

“उहाँ अहिलेको सबै भन्दा राम्रो नम्बर ९ मध्ये एक हुन्।”

अझ बढी व्यक्तिगत तहमा, ग्रिज्म्यानले यो पनि भने कि उनका बुबा “आफ्नो छोराले बार्सिलोनाको लागि खेलिरहेको देख्दा अत्यन्तै गर्व छन्।”