‘बेन्जेमालाई टिमबाट हटाउने निर्णयबाट ग्रिजम्यान र लोरिस खुसी थिए’

https://nepmag.net

फ्रेन्च सुपरस्टार करिम बेन्जेमा विश्व कपको प्रशिक्षणको क्रममा चोट ग्रसित भएका थिए जसको कारण उनले विश्व कप गुमाएका थिए र सो निर्णयबाट फ्रेन्च टिमका दुई अनुभवी खेलाडी एन्टोनी ग्रिजम्यान र लोरिस खुसी भएको भनेर खुलेको छ।

कतारमा प्रशिक्षणको क्रममा उनको तिघ्रामा चोट बोके पछि उनले विश्व कप गुमाएका थिए। बेन्जेमा चोट ग्रसित भएका थिए उनको चोट सामान्य भए पनि फ्रेन्च कोच डेस्च्याम्पले उनलाई टिमबाट निकालेको हाल चर्चा हुँदै गर्दा डेस्च्याम्पको निर्णयबाट टिमका स्टार एन्टोनी ग्रिजम्यान र लोरिस खुसी भएको फ्रेन्च रिपोर्टरले खुलाएको छ।

उक्त दुई खेलाडीले टिम भित्र उनको वापसी पहिले नै स्वीकार नगरेको र टिममा आफ्नो लिडरसिप प्रतिष्ठाको कारण बेन्जेमा टिममा नहुँदा सो कुराबाट उक्त दुई खेलाडी विश्व कप अगाडी खुसी भएको फ्रेन्च रिपोर्टर रोमेन मोलिनाले हाल खुलाए।

बेन्जेमा चोटको कारण टिम बाहिर भए पनि डेस्च्याम्पले बेन्जिमाको स्थानमा अरू खेलाडीलाई राखेका थिएनन् जसको कारण उनले फाइनल खेल खेल्न सक्ने धेरै चर्चा भएको थियो तर बेन्जेमा कोचको प्रारम्भिक निर्णयबाट नै खुसी नभएको कारण टिममा उनी फर्किन इच्छुक नरहेको पनि जानकारी छ।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

बेन्जिमाले फ्रान्सबाट ९७ क्याप खेल्दै ३७ गोल गरेका छन् । उनले १५ वर्षअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ