रियाल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमाले क्लबसँग नयाँ सम्झौता गरेका छन्। यससँगै बेन्जेमाले आफ्नो सम्झौता २०२१/२२ का लागि लम्ब्याएका हुन्।
Karim Benzema will be a Real Madrid player until at least 2022 after the French striker reached an agreement with the club. [Marca] pic.twitter.com/9AiHnKyifE
— Real Madrid Info (@RMadridInfo) December 30, 2019
एक दशक रियालमा बिताएका बेन्जेमाले ५ सय खेलमा २ सय ३८ गोल गरेका छन्। रियालले अघिल्ला सिजनमा उत्कृष्ट खेल प्रदर्शन गर्दा बेन्जेमाको खेल निकै महत्वपूर्ण थियो। आर्सनलले बेन्जेमालाई भित्र्याउने इच्छा देखाए पनि उनले रियालका लागि सम्झौता लम्ब्यााएका हुन्। ३२ वर्षीय बेन्जेमाको खेलको मद्दतमा रियालले जारी लिगमा पनि राम्रो खेल प्रदर्शन गरिरहेकोे छ।
जारी सिजनमा बेन्जेमाले २३ खेलबाट १६ गोल गरेका छन्। स्पेनिस क्लब मड्रिडले हरेक पटक बेन्जेमासँग एकपछि अर्को सम्झौता नवीकरण गर्दै आएको छ। नयाँ सम्झौता सकिएपछि उनी ३४ वर्ष हुनेछन्। क्लबले बेन्जेमाको भूमिकालाई महत्वका साथ हेर्दै सम्झौता गरेको हो र अझै पनि उनीबाट बढीभन्दा बढी अपेक्षा राखेको छ। बेन्जेमाको टोली रियाल जारी लिगतालिकाको दोस्रो स्थानमा छ।
रियालबाट बेन्जेमाले १७ उपाधि उचालेको छ। दुई ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जित्दा उनी टोलीका सदस्य थिए।