बेन्जेमाको चोट बावजुद रियल म्याड्रिडले नयाँ फोवार्ड साइन नगर्ने

रियल म्याड्रिडका फ्रेन्च सुपरस्टार करिम बेन्जेमा विश्वकपको प्रशिक्षणको क्रममा चोट ग्रसित भएका छन् भने उनी फ्रेन्च टिमबाट बाहिरिएको बेला विश्वकप पछि उनले रियल म्याड्रिडको खेलहरू पनि गुमाउने सम्भावना रहेको छ तर रियलले उनको विकल्प भने साइन नगर्ने जानकारी छ।

विश्वकपको लागि प्रशिक्षणको क्रममा बेन्जेमा चोट ग्रसित भएका हुन् भने उनको चोट फ्रान्स र रियल म्याड्रिड दुवैलाई ठुलो झट्का हुने छ। बेन्जेमा रियल म्याड्रिडको मुख्य गोल कर्ताको रूपमा रहेका छन् भने उनको चोटको कारण रियलले नयाँ फोवार्ड साइन गर्न सक्ने धेरै चर्चा भएको थियो।

बेन्जेमाको विकल्पमा रियल म्याड्रिडले रोनाल्डोलाई ६ महिनाको सम्झौतामा साइन गर्न सक्ने पनि धेरै चर्चा भएको थियो तर रिपोर्ट अनुसार रियल म्याड्रिडले जनवरीको ट्रान्सफर विन्डोमा बेन्जेमाको विकल्पमा कुनै पनि फोवार्ड साइन गर्ने छैन ।

रियल म्याड्रिडले नयाँ फोवार्ड साइन नगर्ने भए पछि रोनाल्डो रियल म्याड्रिडमा फर्किने कुरा पनि सम्भव नहुने भएको छ ।

यो वर्ष बलोन डि’ओर जितेका बेन्जेमा निकै उत्कृष्ट फममा रहेका छन् भने गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा उनी एक महत्त्वपूर्ण खेलाडी रहेका थिए र उनको अनुपस्थिति रियल र फ्रान्स दुवैको लागि ठुलो घाटा हुने छ तर पनि रियलले उनको विकल्प भने साइन नगर्ने जानकारी छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ