बेन्जिमा ३०० गोलको नजिक

एजेन्सी । ला लिगा अन्तर्गत आज राती हुने रियल म्याड्रिड र भ्यालेन्सिया बिचको खेलमा स्ट्राइकर करिम बेन्जिमाको लागि केही विशेष हुनेछ ।

यी ३४ वर्षिय स्ट्राइकरले रियलका लागि २९९ गोल गरिसकेका छन ।

यदि, उनले भ्यालेन्सियाविरुद्ध गोल गरेको अवस्थामा क्लबका लागि ३०० गोल पूरा गर्नेछ ।

त्यसो त, भ्यालेन्सियाविरुद्ध बेन्जिमालाई राम्रो अवसर रहनेछ । उनले आजको प्रतिद्वन्द्वीविरुद्ध २५ खेलमा १८ गोल गरेका छन ।

लिगको शिर्ष गोलकर्ता बेन्जिमा ३०० गोल गर्दै रियल म्याड्रिड लेजेन्डको सुचीमा आफुलाई स्थापित गर्न चाहन्छ ।