बेन्जिमा फ्रान्सको विश्व कप टोलिबाट बाहिर

करिम बेन्जिमाले कतार विश्वकप २०२२ गुमाउने पक्का भएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा चोट लागेपछि बेन्जेमाले विश्वकप गुमाउने भएको हो ।

करिम बेन्जिमाले शनिबार मात्र फ्रान्सको टोलीसँग पूर्ण रूपमा प्रशिक्षण शिविरमा जोडेको थियो । उनी क्लबमा रहँदा नै मांसपेशीमा समस्या रहेको थियो ।

बेन्जिमाको दोहाको अस्पतालमा उपचार भईरहेको र रिकभरी हुन कम्तिमा ३ हप्ता लाग्ने फ्रान्सेली फुटबल महासंघले जानकारी गराएको छ ।

“बेन्जिमाको तिघ्रामा चोट लागेका कारण विश्वकपबाट बाहिरिएको छ र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ” फ्रान्सेली फुटबल महासंघले एक विज्ञप्तिमा निकाल्दै जानकारी दिएको थियो ।

करिम बेन्जिमाले सन् २०२१-२२ को शानदार सिजन पछि गत महिना बालोन डी’ओर जितेका थिए जसमा उनले म्याड्रिडका लागि ४६ खेलमा ४४ गोल गरेका थिए, ला लिगा र च्याम्पियन्स लिग जिताउन मद्दत गरेको थियो ।

बेन्जिमाको स्थानमा म्यान्चेस्टर युनाइटेडका फर्वार्ड एन्ठोनी मार्सियाल आउने प्रवल सम्भावना रहेको छ ।