बेन्जिमा रियलमै रहने

एजेन्सी, रियल म्याड्रिडका भेट्रान स्ट्राइकर करिम बेन्जिमा क्लबसंग नया सम्झौतामा हस्ताक्षर गर्ने पक्का भएको छ। नया सम्झौतालाई लिएर दुई हप्ता अघि देखि दुई पक्षीय वार्ता भएको थियो।

बेन्जिमा रियलमा २०२३ सम्म बस्ने भएको छ। क्लबमा फर्किए पछि उनले सम्झौता गर्नेछ। युरो कपमा सहभागी भए पछि क्लबले तिज हप्ताको छुट्टी दिएको छ।

रियलले तीन बर्षको सम्झौता गर्न चाहे पनि बेन्जिमाले दुई बर्षको गर्न आग्रह गरेको थियो। उनले चाहेको अवस्थामा एक बर्ष पछि थप गर्न सक्नेछ।

भेट्रान बेन्जिमा सम्झौता सकिदा ३५ बर्ष लाग्ने छ।