अन्ततः बेन्जिमा फ्रान्स टोलिमा फर्किए

एजेन्सी, करिम बेन्जिमाले फ्रान्सका लागि २०१६ देखि खेलेका छैनन्। विभिन्न स्रोतका अनुसार बेन्जिमालाई फ्रेन्च राष्ट्रिय टोलिमा बोलाएको छ। फ्रान्स प्रशिक्षक डिडियर डेशम्पले युरो कप २०२० को लागि बेन्जिमालाई समेट्ने भएको छ।

बेन्जिमाले फ्रेन्च टिम मेट म्याथु भ्याल्बुएनाको यौन काण्डमा सामेल भए पछि फ्रेन्च टिमबाट निलम्बनमा परेका थिए।

लिइक्युप र लि पेरिसियनका अनुसार देशम्पले युरो कप २०२० मा बेन्जिमालाइ समेट्दै टोलि घोषणा गर्ने भएको छ ।

रियलमा प्रभावसाली प्रदशन गरे पछि राष्ट्रिय टिममा पर्ने भएको हो। फ्रान्सको पछिल्लो खेलहरुमा नतिजा राम्रो नहुदा बेन्जिमालाई टिममा बोलाउनु पर्ने बाध्यता देशम्पमा थियो ।