बेन्जिमाले विश्व कप फाइनल खेल्न सक्ने

एजेन्सी । फ्रान्सेली स्ट्राइकर करिम बेन्जिमा विश्व कपको अन्तिम खेलमा सहभागी हुने सम्भावना बढेको छ । यसको लागि रियल मड्रिडले बेन्जिमालाई कतार यात्रा गर्नका लागि अनुमती दिइसकेको छ ।

विश्व कप अगाडि चोटका कारण प्रतियोगिता संघारमा पुगेका बेन्जिमा फाइनल खेलका लागि उपलब्ध हुने भएको छ ।

घाइते भए पछि रियल फर्केका बेन्जिमा पुर्ण कतार प्रस्थान गर्ने तयारीमा छ ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले बेन्जिमाको स्थानमा अन्य खेलाडिलाई समेटिएका थिएनन् ।

त्यस्तै, डेस्च्याम्पले मोरक्कोसंगको जित पछि बेन्जिमाले फाइनल खेल्ने वा नखेल्नेबारे खोलेर बोल्न चाहेनन् ।

यदि, फाइनल खेल फ्रान्सले जितेको अवस्थामा बेन्जिमाले विश्व कपको मेडल जित्नेछ ।