बेन्जिमाले लिए सन्यास

बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड रहेका बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय गरेका हुन् ।

प्रतियोगिताको दौरान चोट लागेपछि उनी विश्वकपको टिमबाट बाहिरिएका थिए । केहीले उनी आईतबार भएको फाइनलमा मैदान फर्कने अपेक्षा गरेका थिए । उनी रियल मड्रिडले खेलेको मैत्रीपूर्ण खेलमा देखिएका थिए ।

मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पको टिमबाट फालिएपछि बेन्जिमाले कतार फर्कने अवसरलाई अस्विकार गर्दै आएका थिए ।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

बेन्जिमाले फ्रान्सबाट ९७ क्याप खेल्दै ३७ गोल गरेका छन् । उनले १५ वर्षअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।