बेन्जिमाले रियलमा रोनाल्डोको स्थान लिदै

एजेन्सी, रियल मड्रिडले दुइटा उपाधी जित्ने सपना जिवितै रहेको छ। ला लिगा र च्यामियन्स लिगमा प्रतिस्पर्धा जनाइ रहेको रियल दुबै प्रतियोगिता जित्ने सम्भावना जिवितै रहेको छ।

करिम बेन्जिमाको गोलसंगै रियलले पहिलो लेगमा चेल्सीसंग बराबरी खेल्यो। उक्त गोलसंगै राउलको च्याम्पियन्स लिग गोल बराबरी गरेको छ।

रियलका स्ट्राइकरले उत्कृष्ट गोल गर्दै चेल्सीलाई जितबाट बञ्चित गरे। रियल प्राय बेन्जिमाको गोलमा निर्भर देखिन्छ। उनि नचलेको खेलमा रियलको नतिजामा प्रभाव पर्दै आएको छ। त्येसो त रियल बेटिस र गेटाफेबिरुद्धको खेलको नतिजाले दर्शाउछ।

बेन्जिमाको प्रभाव रियलमा उतिकै छ जति रोनाल्डोको थियो। चेल्सीबिरुद्ध गोल गरेसंगै बेन्जिमाको च्याम्पियन्स लिगमा गोल संख्या ७१ पुगेको छ। क्रिस्चियानो रोनाल्डो, लिओ मेस्सी र रोबर्ट लेवान्डोस्कीले मात्र उन्ले भन्दा धेरै गोल गरेको छ।

फ्रेन्च स्ट्राइकरले जारी सिजन २८ गोल गरिसकेका छन। उन्को यो मड्रिडमा तेश्रो सर्वाधिक गोल हो। उन्ले मोरिन्हो प्रशिक्षक हुदा एकै सिजन ३२ गोल गरेका थिए। यद्यपि, उन्ले अझै ६ खेल खेल्न बाकी रहेको छ।

यदि रियलले चेल्सीलाई हराएको खण्डमा उन्ले ७ खेल खेल्नु पर्ने हुन्छ। त्येसो त बेन्जिमा रियललाई तीन बर्षमा पहिलो पल्ट फाइनलमा पुराउने दाउमा हुनेछ।