बेन्जिमाद्वारा रियलसंग नयाँ सम्झौता

एजेन्सी, रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जिमाले क्लबसंग नया सम्झौता गरेको छ । उनी सम्झौता अनुसार २०२३ सम्म क्लबमा रहने भएको छ ।

गत सिजन बेन्जिमाले रियलका लागि सबै प्रतियोगितामा गरेर ४६ खेल खेलेका थिए । उनले गत सिजन ३० गोल र ९ अस्सिट प्रदान पनि गरेका थिए ।

त्येस्तै, उनले युरो कपमा ६ बर्ष पछि राष्ट्रिय टोलिमा फर्केका थिए । उनको युरोमा फ्रान्सका लागि प्रभावशाली प्रदशन समेत गरे ।

सन २००९ मा लियोनबाट रियल आएका बेन्जिमाले ५६० खेल खेल्दै २८१ गोल गरिसकेका छन ।