बेन्जिमाको विश्व कपमा फर्किने तयारी

ढोहा । फ्रान्सका अनुभवी स्ट्राइकर करिम बेन्जिमा कतार विश्व कप २०२२ खेल्ने सम्भावना जिवितै रहेको छ । उनलाई चोट लागे पछि विश्व कप गुमाउने भनिए प्रतियोगितामा फर्किने तयारी बेन्जिमाको रहेको छ ।

कतारमा प्रशिक्षणको क्रममा उनको तिघ्रामा चोट बोके पछि विश्व कप खेल्ने सम्भावना न्यून बनेको थियो ।

तर, उनले अप्रत्याशित ढंगले चोटबाट रिकभरी गरे पछि डेस्च्याम्प उनलाई टिममा समावेश गर्ने तयार रहेको जनाएको छ ।

डेस्च्याम्पले बेन्जिमाको स्थानमा अरु खेलाडिलाई राखेका छैनन् ।

यस्तै, फ्रान्स अन्तिम १६ मा प्रवेश गरिसकेको छ । उसले समूह चरणको अन्तिम खेल ट्युनिसियासंग नोभेम्बर ३० मा खेल्दैछ ।