बेन्जिमाको पुर्नरागमनसंगै फ्रान्स जर्सीको माग उच्च

एजेन्सी, करिम बेन्जिमा ६ बर्ष पछि फ्रान्सको राष्ट्रिय टिममा पर्न सफल भए। आफ्नो फ्रेन्च सहकर्मीको ब्याक्तीगत भिडिओ सार्वजनिक गरे पछि उनी राष्ट्रिय टिमबाट खेल्न बन्चित हुँदै आएका थिए। उन्को पुर्नरागमनले समग्र फ्रेन्च टिम र समर्थकहरु उत्साहित बनेको छ।

रियल म्याड्रिडका लागि उच्च लयमा रहेको बेन्जिमा देस्चाम्पले युरो कप खेल्न टोलिमा समेटेका हुन। उनी टिममा फर्केसंगै फ्रान्सको राष्ट्रिय जर्सीको माग २४०० प्रतिशतले बदेको छ।

युनिस्पोर्ट्स डेटाका अनुसार बेन्जिमा टोलिमा फर्केको घोषणा भएसंगै २४०० प्रतिशतले जर्सी बिक्रि भएको रिपोर्टले जनाएको छ।

बेन्जिमाको आगमनले नाइक ब्राण्डको प्रायोजनमा रहेको फ्रान्स जर्सी सर्वाधिक बजारीकरण हुने युरो कप प्रतियोगिता खेल्ने टिम बन्ने देखिन्छ।

बेन्जिमा लगायत फ्रेन्च टिममा एम्बाप्पे र एन्टोइन ग्रिज्म्यान पनि रहेको छ। दुबै जना अन्तर्राष्ट्रिय बजारमा चर्चा कमाएका खेलाडीहरु हुन।