बेनिफिका युवा स्ट्राइकरमा बार्सिलोनाको निगरानी

बार्सिलोनाले बेनिफिकाका युवा स्ट्राइकर डार्विन नुनेजको प्रगतिलाई अनुगमन गरिरहेको खबर छ। बार्सा प्रशिक्षक रोनाल्ड कोम्यानले स्ट्राइकर र सेन्टरब्याकको मागे गरेका छन – मेम्फिस डिपे र एरिक गार्सिया उनको प्राथमिकता हुन् – तर यो पनि आर्थिक अवस्थामा निर्भर रहेको उनि स्वीकार गर्छन।

यसैबीच बार्साका खेलकुद निदेशालयले बजार अनुगमन गरिरहेको छ र हाल बेनिफिकाका २१ वर्षका स्ट्राइकर डार्विन नुनेजमा बार्साको चासो रहेको खबर छ।

उनि अल्मेरियामा हुदा देखि बार्साले उरुग्वेका स्ट्राइकरका अनुसरण गर्दै आएका छन र हालै उनि २४ मिलियन युरोमा बेनफिकामा आएका थिए।

बार्साका खेल निर्देशक रामन प्लेन यस साताको अन्तीमा लिस्बन गएका उनको खेल हेर्न गएका थिए यद्यपि, डार्विन नुनेज बार्साको लागि जनवरीको लक्ष्य नहुने कुरा छ बार्साले उनलाई २०२२मा साइन गर्ने योजना बनाएको खबर छ।

रियल, म्यान सिटी जस्तो क्लबको चासो पनि उनि माथि रहेको खबर छ।