बेतिससंग बराबरीमा रोक्यो रियल

एजेन्सी, ला लिगामा रियल म्याड्रिड र रियल बेतिसबिचको खेल बराबरीमा सकिएको छ।

खेलमा दुबै टोलिबाट गोल ननिस्किदा खेल गोलरहित बराबरीमा सम्पन्न हुनपुग्यो। यो बराबरीसंगै ला लिगा उपाधी पछ्याइ रहेको रियललाई धक्का पुगेको छ।

म्याड्रिडले खेलमा केही सुनौलो मौका भने पाएका थिए। उक्त मौकाको फाइदा लिन नसक्दा गोल गर्नबाट चुकेका हुन।

म्याड्रिडलाई अग्रता लिने मौका दोश्रो हाफमा जुर्यो। रोड्रिगोको प्रहार बक क्रस बारमा लगेर फर्किए। त्येस्को केही समय पछि लुका मोड्रिचको प्रहार गोलरक्षक क्लौदिओ ब्राभो आफ्नो पन्जामा पार्न सफल रह्यो।

तीन खेलमा दुई खेल गोलबिहिन खेलेका म्याड्रिड अंक तालिकामा दोश्रो स्थानमा ७१ अंक जोडेको छ। चिर प्रतिद्वन्दी एट्लेटिको म्याड्रिडले अर्को खेल जितेमा ५ अंकको अग्रता लिने छ।

बेतिस भने तालिकामा छैठो स्थानमा रहेको छ।