बेकर एलिसन वर्ष खेलाडीको मनोनयनमा नपर्दा समर्थकहरुद्वारा फिफाको आलोचना

फिफाले बुधबार फिफा वर्ष खेलाडीको लागि टप १० सार्वजानिक गरेको छ। मनोनयनमा परेका पुरुष खेलाडीको सूचीमा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, भर्जिल भान जि, साडिओ माने, मोहमद सलाह, डी योङ, केन, एम्बाप्पे, हजार्ड र म्याथ्यूज ड लिट परेका छन्।

फुटबल समर्थकले बेकर एलिसन नपर्दा आक्रोश र आलोचना पोखेका छन्। उनीहरुले इडे हजार्ड, डी योङ, ह्यारी केन जस्ता खेलाडि पर्दा एलिसनलाई किन मनोनयनमा नपारेकोले आलोचना गरेका हो।

एलिसनले गएको सिजनमा क्लब र राष्ट्र दुवैका लागि राम्रो प्रदर्शन गर्दे लिभरपुललाई च्याम्पियन्स लिग र ब्राजिललाई कोपा अमेरिका जिताएका थिए।

एलिसनले प्रिमियर लिग, च्याम्पियन्स लिग र कोपा अमेरिकामा गरी ३ गोल्डेन ग्लोब प्राप्त गरेका थिए। सिजन २०१८/१९ मा उनले २१ क्लिनसिट राखेका थिए।