एजेन्सी, इन्टर मायामीको सह मालिक डेभिड बेकमले रोनाल्डो र मेस्सी भित्र्याउने चाहना भएको बताएका छन।
म्यान्चेस्टर युनाईटेड र मिलानको पुर्ब मिडफिल्डर मियामीको नया जर्सी प्रावतनको कार्यक्रममा सहभागी भएका थिए। उक्त कार्यक्रममा क्लबको भाबी योजनाहरु बताए।
“मैले सुरुवाती दिन देखि भन्दै आएको छु हाम्रो एकेडेमी प्रणाली यो क्लबको ठुलो भाग हो। हामिले त्यहाबाट युवा खेलाडि ल्याउने हाम्रो लक्ष्य रहेको छ,”।
“तर मायामीमा भएको कारण हाम्रो समर्थकहरुलाई ठुलो स्टार खेलाडिहरु चाहिएको छ। हामीसंग गोन्जालो हिगुआएन र ब्लेसे माटुइडी जस्ता खेलाडिहरु छन जस्ले यो लिगमा अझै रौनक ल्याउने छ। यद्यपि, हामिले भबिस्यमा अझै ठुला स्टारहरु ल्याउने छौ,”।
हिगुआइन र माटुइडी दुबैले युभेटसबाट इन्टर मायामीमा आएका थिए। तर बेकमले मेस्सी र रोनाल्डोलाई आफ्नो क्लबमा ल्याउने चाहाना भएको जनाए।
“हामिले जुनै पनि खेलाडिको कुरा गर्छौ त्यो खेलाडि हाम्रो प्राथमिकतामा पर्दछ”।
“पक्कै पनि हामीलाई उत्कृष्ट खेलाडिहरु चाहिएको छ। मियामी एउटा राम्रो बिकल्प हुन सक्दछ। मेस्सी र रोनाल्डोलाई भित्राउने हाम्रो चाहना छ”।