बुस्केटले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

एजेन्सी । स्पेनिसका भेट्रान मिडफिल्डर सर्जियो बुस्केटले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् ।

स्पेनका लागि १४३ क्याप जितिसकेका बुस्केट २०१० विश्व कप र युरो कप २०१२ जितेका थिए ।

कतार विश्व कपमा स्पेनको कप्तानी गरेका उनी आफ्नो टिमलाई अन्तिम १६ पार गराउन सकेनन् ।

बुस्केटले स्पेनका लागि २००९ मा टर्किविरुद्ध खेल्दै डेब्यु गरेका थिए ।

त्यस्तै, उनले आफ्ना सबै प्रशिक्षक र सहकर्मीलाई आफ्नो यात्रामा साथ दिएकोमा धन्यवाद दिएका छन् ।