बुफोन युभेन्टसमा फर्किए – येस्तो छ कारण।

इटालियन गोलकिपर बुफोन पेरिस बाट फेरी युभेन्टस फर्केका छन् । गत सिजन मात्र पेरिस गएका बुफोन फेरी युभेन्टस आएका हुन्।


इटालीको राष्ट्रिय टोलीबाट लामो समय खेलेका ४१ वर्षीय गोलरक्षकले सन् २०११ देखि २०१८ सम्म युभेन्टसको जर्सी लगाएका थिए । उनले त्यसक्रममा ९ पटक लिग उपाधि जितेका थिए । लामो सहयात्रापछि पेरिस पुगेका बुफोनले लिग वन उपाधि जितेपनि अपेक्षित रुपमा मैदानमा समय बिताएनन् । त्यसैकारण पनि बुफोन युभेन्टस फर्केका हुन् ।

पार्माबाट झन्डै २ दर्शक अघि युभेन्टस आएका बुफोनले गत सिजन अन्तिम खेलमा भावुक बिदाइ पाएका थिए । तर एक सिजनमै क्लबमा फर्किएपछि उनको केहि आलोचना पनि भएको छ । राष्ट्रिय टोलीबाट विश्वकप जितिसकेका उनले क्लब स्तरमा च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्य राखेका छन् । युभेन्टस गत सिजन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रोकिएको थियो ।