बुन्डेस लिगमा डर्टमन्डको दोस्रो जित

Dortmund's Jadon Sancho, center, celebrates with teammates after scoring his side's opening goal during the German Bundesliga soccer match between FC Cologne and Borussia Dortmund in Cologne, Germany, Friday, Aug.23, 2019. (AP Photo/Martin Meissner)

बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगमा लगातार दोस्रो जित निकालेको छ।

शुक्रबार राति भएको खेलमा डर्टमन्डले एफसी कोलनलाई ३-१ ले पराजित गरे।नवौं मिनेटमा डोमिनिकले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए।

एक गोलको पछि परेको डर्टमन्डले ७० औं मिनेटमा बराबरी गोल गरे । जाडोन सान्चोले बराबरी गोल गरेका थिए। ८६औं मिनेटमा आचरफ हाकिमीले गोलगर्दै डर्टमन्डलाई २-१ गोलमा अगाडी बढाए।

इन्जुरी समयमा पाको अल्कासेरले गोल गर्दै डर्टमन्डले खेल ३-१ ले जित्यो। जितसँगै २ खेलमा ६ अंक बनाएर डर्टमन्ड तालिकाको शीर्ष स्थानमा छ।