लकडाउनका कारण अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु अनिश्चित कालका लागि स्थगित भएका छन् ।
कोरोना भाइरसको महामारी विश्वभर फैलिरहदा सम्भावित जोखिमलाई मध्यनवजर गर्दै विश्व कप २०२२ का छनौंटका साथै चर्चित तथा लोकप्रिय कपहरुका खेलहरु स्थागित छन् । यसैबीच युरोपियन मुलुक जर्मनको शिर्ष लिग बुन्डेस लिगा भने आउदो मे १६ बाट संचालन हुने भएको छ ।
अनिवार्य रुपमा खेलाडीहरुमा कोरोना भाइरसको परीक्षण गराएर बन्द स्टेडियममा लिग संचालन गरिने बताइएको छ ।
लकडाउनपछि पहिलोपटक संचालनमा आउन लागेको यो लिगको पहिलो खेलमा साल्के र बोरुसिया डर्टमन्डबी भिड्नेछन् । प्रायः टोलीहरुले ९ खेल खेल्न बाँकी रहेको अवस्थामा आइतबार शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले युनियन बर्लिनको सामना गर्ने बताइएको छ ।
यसरी खेलाइनेछ खेल
कोरोना भाइरसको सन्त्रासकाबीच पुन संचालन गराइएको बुन्डेस लिगाका खेलमा संचालन गर्न जर्मन फुटबल एशोसिएनलाई कडा स्वास्थ सुरक्षाका कडाइ गरिएको छ । जर्मनको स्वास्थ्य निर्देशिका अनुसार खेल संचालन गर्नुपर्नेछ ।
यस खेलको क्रममा स्टेडियममा करिब ३ सय जना मात्र हुनुपर्नेछ । जसमा खेलाडी, स्टाफ र अफिसियलहरुलाई मात्रै प्रवेश गराइने छ ।
अन्तिम खेलहरु २७–२८ जुनमा खेलाइने तालिका रहेको छ । कोरोना कहरका कारण गत मार्च १३ मा लिगलाई स्थगित गरिएको थियो ।