बुन्डेसलिगाका डिफेन्डरहरुलाई यसरी लज्जीत गर्दै लिरोय साने

बायर्न म्यूनिखका नयाँ विंगर लिरोय सानेले आइतबार भएको खेलमा आफ्नो उत्कृष्ट स्किल र ‘फुट-वर्क’ देखाए ।

बुन्डेसलिगामा फ्रान्कफर्ट विरुद्धको खेलमा ५२औ मिनेटमा रोबर्ट लिवान्डोस्कीलाई असिस्ट गर्ने क्रममा लिरोय सानेले आफ्नो स्किल मुभको मद्दतमा फ्रान्कफर्टका डिफेन्डरहरूलाई डि-बक्स भित्र असहाय बनाए।

खेलमा बायर्न २-०ले पछि रहेको थियो र सानेले बल ड्रीबल गर्दै डि-बक्स भित्र लागे र फ्रान्कफर्टका खेलाडीहरूलाई लज्जित बनाउने गरेर आफ्नो स्किल देखाउँदै उनले रोबर्ट लिवान्डोस्कीलाई पास गरे र लिवान्डोस्कीले गोल गर्दै उक्त खेल २-१मा लागे।

सो खेल बायर्न म्यूनिखले २-१ले हारेको थियो तर खेलमा लिरोय सानेको उक्त ड्रीबलको धेरै चर्चा हुँदै गरेको छ र उनको स्किलको प्रशंसा हुँदै गरेको छ।