बुन्डेसलिगमा बायर्नको दबदबा कायम

एजेन्सी, जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, सर्जी जिनाब्री र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरे ।

ब्रेमेनका निक्लास फुएलक्रुगले एक गोल फर्काए ।

ब्रेमेनको मैदानमा खेलको २२ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

खेलको ३५ औं मिनेटमा जिनाब्रीले गोल गर्दा बायर्नको अग्रता २-० को बन्यो ।

६७ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।

यस गोलसँगै लेवान्डोस्कीले बुन्डेसलिगामा २ सय ६८ गोल पूरा गरेका छन् ।

यस्तै खेलको ८६ औं मिनेटमा घरेलु टिमका निक्लासले एक गोल फर्काएपनि बायर्न ३-१ ले विजयी भयो ।

जितसँगै बायर्नले २५ खेलमा ५८ अंक जोडेको छ ।

ब्रेमेन ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।