बुटवल लुम्बिनी एफसीबिरुद्ध चितवनलाई अग्रता

काठमाडौं, नेपाल सुपर लिग अन्तर्गत आजको पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसी भिडै छ।

त्रिपुरेश्वोर स्थित दशरथ रंगशालामा हुँदै गर्दा चितवनले पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको छ।

खेलको १५ औं मिनेटमा गोरानको पासलाई जोर्ज प्रिन्स कार्कीले ट्याप इन गर्दै अग्रता दिलाए।

त्येस्को पाँच मिनेट पनि नबित्दै टेक बहादुर बुदाथोकीले क्लोस रेन्जबाट गोल गर्दै अग्रता दोब्बर पारे।

खेलको २४ औ मिनेटमा अर्मान्डले गरेको प्रहार क्रस बारमा लाग्दै फर्किए।

बिटवलले खेलमा फर्किने संकेत दिदै ३१ औं मिनेटमा आशिश लामाले डि बक्सबाट गरेको प्रहार गोल हुन पुग्यो।

त्येस पछि कुनै टोलिबाट गोल नहुदा खेल पहिलो हाफमा चितवनले २-१ गोल अन्तरले अग्रता बनाएको छ।