बिश्व कप बिजेता रोमारियो आफू भन्दा ३१ बर्ष कान्छीसंग प्रेम सम्बन्धमा (फोटो सहित)

बिश्व कप बिजेता रोमारियोले मैदान बाहिर पनि छाप छोड्न सफल भएका छन ।

ब्राजिलियन लेजेन्ड अहिले आफु भन्दा ३१ बर्ष कान्छी विद्यार्थी संग सम्बन्धमा रहेको बुझिएको छ ।

५३ बर्षे बिश्व कप बिजेता रोमारियो, जो अहिले ब्रजिलियन सीनेटका सदस्य हुन् – २२ बर्षका एना कारोलिन नाजोरिओ संग सम्बन्धमा रहेको बुझिएको छ ।

नाजारिओले आफ्नो इन्स्टाग्राम अकाउन्ट्मा जोडीको फोटो अपलोड गरेका थिए ।

रोमारियो – जसले आफ्नो फूटबल क्यारियरमा १००० भन्दा बढी गोल गरे – युरोपमा पीएसभि र बार्सिलोनाबाट उपाधीहरु जिते र ब्राजिललाई विश्वकप जिताउन मद्दत गरेपछि १९९४ मा फिफा वर्ल्ड प्लेयर अफ दि यर बन्न सफल भएका थिए ।