बिश्वकै महँगा डिफेन्डर ह्यारी मग्वाइर भन्दा आर्सनलका फ्लप मुस्ताफीको राम्रो व्यक्तिगत तथ्यांक

गत सिजनको प्रदर्शनको हिसाबमा ह्यारी मग्वाइर जसलाई म्यान्चेस्टर युनाइटेडले साइन गरेर बिश्वकै महँगा डिफेन्डर बनाउदै छ, उनि भन्दा आर्सनलका फ्लप मुस्ताफीको राम्रो तथ्यांक रहेको देखा परेको छ। इंगल्याण्डका डिफेन्डर ह्यारीले नेदरल्याण्डका डिफेन्डर भ्यान डाइकलाई पछि पार्दै बिश्वकै महँगा डिफेन्डर बन्ने भएका हुन।

तर गत सिजनको तथ्यांकले उनको प्रदर्शन आर्सनलका मुस्ताफी (जसलाई आर्सनल फ्यानहरु जेल सम्म हाल्न तयार छन् ) भन्दा तल रहेको खुलेको छ।

Blocks – Maguire 18, Mustafi 17
Interceptions – Maguire 37, Mustafi 58
Tackles – Maguire 31, Mustafi 62
Tackles won – Maguire 17, Mustafi 45
Percentage of tackles won – Maguire 55%, Mustafi 73%
Clearances – Maguire 152, Mustafi 161
Headed clearances – Maguire 77, Mustafi 106
Aerial duels won – Maguire 118, Mustafi 123

तथ्यांकहरुको अनुसार डिफेन्सको धेरै मुद्दामा मुस्ताफीले ह्यारी मग्वाइरलाई पछि परेको छ तर उनि बिश्वकै महँगा डिफेन्डर बन्ने छन् भने अर्सेनल मुस्ताफीलाई बेच्न आतुर रहेको छ।