बिमान बेपत्ता हुनु अघी फुटबलर सालाको अन्तिम सन्देश ‘बुवा मलाई डर लागिरहेको छ’, रोयो सारा संसार

नान्टेस् बाट उडेको प्लेन सँगै अर्जेन्टिनी फर्वार्ड इमालियानो साला बेपत्ता भएका छन् । साला नान्टेस् बाट कार्डिफ सिटीका उडेका थिए । तर उनी सवार बिमान बेपत्ता भएको छ र अहिले सम्म पनि कुनै पत्ता लाग्न सकेको छैन । अहिले पनि बिमानको खोजी भईरहेको छ ।

यसै बिच उनले आफ्नो साथीहरुलाई पठाएको ‘भ्वाइस म्यासेज’ सार्वजनिक भएको छ । आफु सवार बिमान दुर्घट्ना हुने थाहा पाए पछी उनले आफ्नो साथीहरुलाई ह्वाट्सएयापको ग्रुप च्याटमा म्यासेज गरेका थिए । ‘ साथी भाईहरु के छ खबर ? – यसरी उनले भ्वाइस म्यासेजको सुरुवात गरेका छन् । यस्तै उनले भएका छन् – ‘म अहिले प्लेनमा छु, म कार्डिफ तर्फ जादैछु , तर म सवार प्लेन दुर्घट्ना हुन लागेको छ ।’ ‘भोली म आफ्नो नयाँ क्लबबाट प्रशिक्षण सुरु गर्दैछु तर हेरौ अब के हुन्छ – उनले भएका छन् ।

‘अबको आधा घण्टामा म बाट केही खबर आएन भने मलाई थाहा छैन खोज्नलाई को आउनेछन् तर भेट्टाउन निकै कठिन हुनेछ – उनेल उक्त भ्वाइस म्यासेजमा भनेका छन् । उक्त ग्रुप च्याटमा उनले पठाएको अन्तिम भ्वाइस म्यासेज थियो – ‘बुबा मलाई एक दमै डर लागिरहेको छ ।’

२८ बर्षिय साला हालै मात्रा नान्टेस्बाट कार्डिफमा अनुबन्ध भएका थिए । उनले नान्टेसबाट ११७ खेलमा ४२ गोल गरेका थिए ।