बिमलले गरे डेब्यु खेलमै गोल; पुरा जानकारी

विमल घर्तिमगरले माल्दिभ्सको लिगको आफ्नो डेब्यु खेलमा गोल गर्न सफल भएका छन् । बिहिबार राति भएको खेलमा विमलले आफु सम्मिलित टिसी स्पोर्ट्स क्लबबाट डेब्यु खेलमा गोल गरेका हुन् । उनकै गोलमा टिसी हारबाट जोगिएको थियो ।

विमलकै गोलमा टिसी स्पोर्ट्सले क्लब इगल्ससंग १–१ गोलको बराबरी खेलेको हो । टिसीकालागि खेलको अन्तिम समयमा विमलले बराबरी गोल फर्काएका थिए । खेलका इगलले ८२ औ मिनेटमा अली फासिरको गोलमा अग्रता दिएको थियो ।

उनी यसै सिजन धिवेही प्रिमियर लिग खेल्न माल्दिभ्स पुगेका हुन् । टिसीबाट यसअघि राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले लिग जितेका थिए ।

बराबरीको नतिजासंगै टिसी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टिमले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलबाट अंक जोडेको इगल्स छैटौ स्थानमा छ ।