बिपिएलको डेब्यु खेलमा पनि सन्दिपको सानदार प्रदर्शन

बंगलादेश प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा सन्दिप लामिछानेले सानदार बलिङ्ग प्रदर्शन गरेका छन्। बिग ब्यास लिग खेलेर बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका सन्दिपलाई सिलहेट सिक्सर्सले पहिलो खेलमा डेब्यु गराएको थियो।

चर्चित दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिर हुँदा हुँदै सन्दिपलाई दिएको मौका नेपाली लेग स्पिनरले खेर फालेनन्।

खेलमा ४ ओभर बलिङ्ग गरेका सन्दिपले ४ ओभरमा मात्र १६ रन खर्चिए २ ठुलो विकेट लिए। चर्चित पाकिस्तानी ब्याट्सम्यान शोयब मलिक र बंगलादेशी रास्ट्रिय क्रिकेटर अनामुल हकलाई सन्दिपले पेभेलियनको बाटो फर्काए।