बिदाइ कार्यक्रममा भरान भावुक

एजेन्सी, राफायल भरान शुक्रबार रियल म्याड्रिडको प्रशिक्षण स्थलमा पुग्दै आफ्नो पुर्व सहकर्मीहरुलाइ बिदाइ दिएका छन । म्यान्चेस्टर युनाईटेडमा अनुबन्ध भए पछि उनी पहिलो पल्ट रियल फर्केका हुन ।

फ्रेन्च डिफेन्डरलाई रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज स्वागत गर्दै केही छोटो कुराकानी गरेका थिए ।

त्यस, पछि भरान प्रशिक्षण स्थल भाल्डेबेबासमा पुग्दै पुर्व सहकर्मी समक्ष मन्तव्य राखे । त्येस, दौरान उनी भावुक भए ।

भरानको रियल बसाइ अन्त्य भएसंगै आफ्नो रियलको अनुभव सहकर्मी अगाडि सुनाए ।

अन्त्यमा मार्सेलो, क्रुस, लुकस भाज्केज, इस्को जस्ता खेलाडिले उनलाइ अंकमाल गर्दै बिदाइ गरे ।