बिटवल लुम्बिनी एफसीले सार्वजनिक गरे विदेशी खेलाडि

काठमाडौ, नेपालमा हुन लागेको नेपाल सुपर लिग फुटबल प्रतियागिताका लागि बुटवल लुम्बिनी एफसीले तीन जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । उसले तीनै विदेशी खेलाडी अफ्रिकी देशबाट ल्याएको छ ।

जसमा बुटवलले नाइजेरियाका ओमुलाजा करिम, घानाका ओपाकुकु विलियान ओलियम र चाडका अर्माड बेअडुमलाई बुटवलले टिममा अनुबन्धित गरेको हो ।

चाडको खेलाडी अर्माडले गत सिजनमा च्यासलबाट नेपालका विभिन्न प्रतियोगिता खेलेका थिए । योसँगै सो टिममा खेलाडीको संख्या १८ पुगेको छ ।

उसले १४ खेलाडी अक्सनबाट अनुबन्ध गरेको थियो भने एक जना मार्की खेलाडी र तीन विदेशी खेलाडी रहेका छन । अब बाँकी दुई खेलाडी स्थानीय स्तरबाट गर्ने भएको छ ।

बुटवलको मार्की खेलाडीमा विशाल श्रेष्ठ रहेका छन । यस्तै टिमको मुख्य प्रशिक्षकसँगै डाइरेक्टर राजुकाजी शाक्य छन । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगमा कुल १९ खेल हुनेछ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।