बाहिरियो बालोन डि’ओर अवार्डको टप–३ सूची : रोनाल्डो अवार्ड सभामा नजाने

फ्रान्सको पेरिसमा सन् २०१८ का लागि बालोन डि‘ओर अवार्ड दिइँदैछ । सो अवार्ड वितरण सभामा युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सामेल नहुने भएका छन् । इटालियन मिडियाका अनुसार रोनाल्डो बालोन डि‘ओर अवार्ड आफूले नजित्ने भएपछि पेरिस नजाने पक्का भएको समाचार छापेका छन् । रोनाल्डोले आफूले अवार्ड नजित्ने भएपछि अवार्ड समारोहमा नजाने भएका हुन् ।

इटालियन मिडियाका अनुसार यसपटक बोलन डि‘ओर टप–३ मा रोनाल्डो दोस्रो स्थानमा मात्रै परेका छन् । तेस्रो स्थानमा एथ्लेटिको मड्रिड तथा फ्रान्सका एन्टोनी ग्रीजम्यान रहेका छन् ।

रोनाल्डो अवार्ड समारोहमा नजाने भएपछि यो अवार्ड रियल मड्रिड तथा क्रोएसियाका लुका मोड्रिकले जित्ने भएका छन् । यस अवार्डका लागि रोनाल्डो र मोड्रिकलाई प्रमुख दाबेदार मानिएकोमा रोनाल्डो सभामा नजाने पक्का भएपछि यो अवार्ड मोड्रिकको पोल्टामा जाने पक्का भएको हो ।

तर, हालसम्म अवार्ड वितरक ‘फ्रान्स म्यागजिन’ले टप–३ मा पर्ने खेलाडीको सूची भने सार्वजनिक गरिसकेको छैन ।
यता, इटालियन मिडियाले टप–३ सूची ‘लिक’ भएको भन्दै यसपटक बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी टप–३ मा नपरेको उल्लेख गरेका छन् ।

यसअघि सन् २००८ देखि यता यो अवार्ड लगातार मेस्सी र रोनाल्डोले ५–५ पटक जित्दै आएका थिए । तर, १० वर्षपछि पहिलोपटक यो अवार्ड रोनाल्डो र मेस्सीबाहेका खेलाडीको पोल्टामा जाने भएको हो ।