बाल्यकाल देखीको साथी- च्याम्पियन्स लिगको फाइनलमा एक अर्का बिरुद्ध भिड्दै

  1. ब्राजिलियन स्टारहरु- नेमार र फिलिप काउटिन्हो च्याम्पियन्स लिगको फाइनल पुगेका छन्। पिएसजी संग उत्कृष्ट खेल्दै नेमारले क्लबलाई च्याम्पियन्स लिगको फाइनल लग्न मदत गरेका थिए भने बायर्न म्युनिखसंग खेल्दै काउटिन्हो पनि फाइनल पुगेका छन्।

मैदानमा दुवै एक अर्काको बिरुद्ध खेल्ने भए पनि दुई बीच सानो देखिको मित्रता रहेको छ। नेमार र काउटिन्होको भेट पहलो पटक २००८मा भएको थियो जहाँ दुईले ब्राजिलको यु-१६बाट खेलेका थिए र सो समय देखि दुई बीच राम्रो सम्बन्ध रहेको छ।

र दुई बीच बार्सा लिंक पनि रहेको छ नेमार जो पिएसजी जानु अघि बार्साका स्टार खेलाडी थिए र काउटिन्होको हालको मुख्य क्लब बार्सिलोना हो तर उनि लोनमा बायर्न आएका हुन्।

“ब्राजिलियन फुटबलमा नेमार हाम्रो आइदोल हुन्,” काउटिन्होले २०१७मा भनेका थिए। “उनी जस्तो खेल्ने मेरो चाहना हो। उनि मेरो साथी हुन्”

“फुटबलर जससँग म बार्सिलोनामा खेल्न चाहन्छु त्यो काउटिन्हो हुन्,” मार्च २०१७मा नेमारले भनेका थिए।

बायर्नले लियोनलाई ३-० गोलले जितेका थिए भने पीएसजी मंगलबार राति भएको खेलमा लेइप्जिगलाई ३-० गोलले पराजित गर्दै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । अब फाइनल खेल आइतबार लिसबनको बेनफिकाको स्टेडियमा हुनेछ ।