‘बालोन डि ओर जित्न रियल जान चाहन्छु’ – हाजार्ड

चेल्सीका स्टार इडेन हाजार्डले वालोन डि ओरको उपाधि जित्न रियल मड्रिड जान चाहेको बताएका छन् । लण्डन क्लबका स्टार हाजार्डले अागामी नयाँ बर्षमा रियल जाने बिषय भने अस्विकार गरेका छन् ।

हाजार्ड यतिबेला बेल्जियमको राष्ट्रिय टिमसंग अभ्यास गरिरहेका छन् । बेल्जियमले स्विटजरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ । ला लिगामा जादाँ विश्वको उत्कृष्ट खेलाडी बन्ने सम्भावनालाई स्विकार गर्दै हाजार्डले सोही कारण आफु रियल जान चाहेको बताए ।

हाजार्डले अहिले लण्डन क्लबमा हप्तामा २ लाख पाउण्डको सम्झौतामा खेलिरहेका छन् । सो सम्झौता सन् २०२० को समरमा सकिनेछ । क्लबले उनलाई हप्ताको ३ लाख पाउण्डमा सम्झौता गर्न हजार्डलाई अनुरोध गरिरहेको छ ।
क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले स्पेनिस क्लबमा रहदा सन् २००८ देखि वालोन डि ओरको अवार्ड जितेका थिए । २७ बर्षका हाजार्डका अहिले चेल्सीमा सुखद दिन बिताईरहेका छन् ।

‘चेल्सी र बेल्जियममा सबै चिज राम्रोसंग अगाडी बढिरहेको छ । तर अझ धेरै गोल गर्न र गोलको अवसर सिर्जना गर्न अग्रसर छु ।’ उनले भने ।