“बालोन डि’ओर नजिते पनि क्लबलाई सवै उपाधि जिताउँछु” – मेस्सी

पाँच पटकका विश्व वर्ष खेलाडी लियोनल मेसी यो वर्ष बालोन डि’ओर, को यो टप थ्रिमा समेत पर्न सकेनन् । नपरेपनि उनले कसैप्रति रिस पोखेनन् । बरु उनले भने, ‘मैले यस वर्षको बालोन डि’ओर नजितेर के भो ? म यसपाली क्लबका लागि सवै उपाधि जिताउन चाहान्छु ।’ ३१ वर्षीय मेसी भोट अन्तरका आधारमा यसपाली पाँचौं नम्बरमा परे ।

अझै पनि जादुमयी खेल पस्कीरहेका अर्जेन्टीना तथा बार्सिलोनाका सुपरस्टार मेसीले सन २०१८/१९ का लागि अझै पनि जित्न बाँकी धेरै कुरा रहेको र ती संभावनाका लागि उनी तयार रहेको बताए ।

स्पोर्टस पब्लीकेशनसँगको कुराकानीका क्रममा उनले भनेका छन्, ‘मलाई कुनैपनि खेल हार्न मन लाग्दैन, त्यसैले खेल जित्नका लागि हामी खेल्छौं । खेल जित्नका लागि व्यक्ती भन्दा टिम मुख्य कुरा हुन्छ, ठुलो सफलताका लागि हाम्रो सामुहिक भावना र मेहनत हुनुपर्छ ।’

बार्सिलोनालाई ला लिगाको पहिलो नम्बरमा राख्न र च्याम्पीयन्स लिगको अन्तिम १६ मा पुयाउन मेसीले निर्णायक भूमिका खेलेका छन् । उनले भने, ‘नयाँ सिजन सुरुभएसँगै सवै उपाधि भित्राउनका लागि मैले हरेक खेलमा व्यक्तिगत र सामुहिक मेहनत र सुधार गर्ने प्रयास गरिरहेको छु ।’