‘बार्सिलोना १२ महिना अगाडि अर्लिङ हालान्डलाई साइन गर्न धेरै नजिक थियो’

बार्सिलोनाले एक बर्ष अघि अर्लिङ हालान्ड साइन गर्ने मौकालाई गुमाएको खुलासा भएको छ।

हालान्डले गत हप्ता आरबी साल्जबर्ग छोडेका थिए र बोरुसिया डार्टमन्ड संग बुन्डेस्लिगा खेल्ने निर्णय गरे।

खबर छ कि एक बर्ष पहिले हालान्ड साइन गर्न बार्सिलोनालाई प्रस्ताव गरिएको थियो तर क्याटालानहरूले केभिन-प्रिन्स बोतेंग साइन गर्दै उनलाई साइन गर्ने मौको अस्वीकृत गरे। बोतेंगले बार्सासँग गत सिजनमा ६ महिनाको लोनमा आएका थिए।

उक्त स्ट्राइकरले आफ्नो कार्यकालमा बार्सासँग केवल चार खेलमा सुरूवात गरे।

अर्लिङ हालान्ड हाल फुटबलको नयाँ स्टार बनेको छ र उनलाई धेरै क्लबले साइन गर्ने खोजेको थियो।