बार्सिलोना ह्लान्ड भित्र्याउने दौडबाट बाहिर

एजेन्सी, स्पेनीस क्लब बार्सिलोना ह्लान्ड भित्र्याउने डौडबाट पछी हटेको छ। रिपोर्टका अनुसार हाल क्लबको आर्थिक अवस्था कम्जोर भएको कारण यो सिजन बार्सिलोना ह्लान्ड भित्र्याउन डौडबाट पछी हटेको हो।

रिपोर्टका अनुसार हाल बार्सिलोनाको मुख्य प्राथमिकता भनेको ह्लान्ड भित्र्याउने नभई मेस्सीलाई क्लबमै बस्न मनाउनु रहेको छ। क्लबको हाल १ बिलियन युरो भन्दा बढी ऋण रहेको कारण ह्लान्ड भित्र्याउने आर्थिक अवस्थामा बार्सिलोना अहिले छैन।
रिपोर्टका अनुसार आफ्नो यस आर्थिक भार कम गर्न बार्सिलोना जेरार्ड पिके, सर्जियो बुस्केट्स, सर्जियो रोबर्टो लगायत केही खेलाडीहरु बेच्ने प्रयत्नमा रहेको छ। ह्लान्डले यो वर्ष बोरुसिया डोर्टमण्ड नछाडेको खण्डमा बार्सिलोनाले अर्को वर्ष भने ह्लान्ड भित्र्याउन खोज्ने संभावना देखिएको छ।