बार्सिलोना हारबाट जोग्यो

एजेन्सी, स्पेनिस लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना एट्लेटिक बिल्बाओसंग बराबरि खेलेको छ । बिल्बाओसंग बार्सिलोना १-१ को बराबरिमा खेलेको हो ।

बिल्बाओको लागि इनिगो मार्टिनेजले गोल गर्दा बार्सिलोनाका लागि मेम्फिस डिपाएले गरे । दुबै गोल दोश्रो हाफमा सम्भव भएको थियो ।

बार्साका प्रशिक्षक रोनाल्ड कोम्यानले रियल सोसियाड्याडविरुद्ध उतारेकै टिमलाइ निरन्तरता दिएको थियो । डिपए, ग्रिज्म्यान र ब्रेथ्वेटले अग्रपंक्ति सम्हाले ।

खेलको दोश्रो हाफमा अग्रता बिल्बाओले लियो । इनिगो मार्टिनेजले खेलको ४९ औं मिनेटमा कर्नर किकमा हेड गोल गरे ।

बिल्बाओको मिडफिल्डरको गल्तीको फाइदा उठाउदै बार्सिलोनाले ७४ औं मिनेटमा बराबरि गोल फर्काए । डिपाएले सर्जियो रोबेर्टोको पासमा गोल फर्काए ।

बार्सिलोना १० खेलाडिमा सिमित रह्यो । एरिक गार्सियाले खेलको अन्तिम समयमा रातो कार्ड पाए पछि बार्सिलोना १० खेलाडिमा खेलको अन्तिम समय खेल्नु परेको थियो ।

यस बराबरिसंगै बार्सिलोना तलिकामा शिर्ष स्थानमा रहेको छ । उसले २ खेलमा ४ अंक जोडेको छ ।

यस्तै, एट्लेटिक बिल्बाओले दुइ खेलमा बराबरि खेल्दै २ अंक जोडेको छ र तलिकामा १२ औं स्थानमा छ ।