बार्सिलोना संगको खेल नजिते एम्बाप्पेले पिएसजी संग नयाँ सम्झौता नगर्ने

आउँदो च्याम्पियन्स लिगको खेलमा बार्सिलोना संग पराजित भएर पिएसजी नकआउट भए किलियन एम्बाप्पेले क्लब संग सम्झौता विस्तार नगर्ने खबर छ। २१ बर्षेका स्टारको सम्झौता जून २०२२मा अन्त्य हुने छ र रियाल म्याड्रिड र लिभरपूललगायत थुप्रै क्लबहरू उनलाई साइन गर्न इच्छुक छन्।

पीएसजीका अध्यक्ष नासेर अल-खेलाइफिले हालै भनेका थिए कि उनी फ्रान्स अन्तर्राष्ट्रियसँगको नयाँ दीर्घकालीन सम्झौतामा सहमत हुन “धेरै विश्वस्त” छन्। एम्बाप्पेले यस सिजन १५ खेलमा १२ गोल र ८ असिस्ट गरेका छन्।

यद्यपि एएसका अनुसार, यो सिजनको च्याम्पियन्स लिगको राउन्ड अफ १६बाटै क्लब नकआउट भए उनि नयाँ सम्झौता साइन गर्ने बिरुद्ध जान सक्छन।

पिएसजीले राउन्ड अफ १६मा बार्साको सामना गर्ने छ र उक्त खेल पक्कै पनि गार्हो हुने छ। हाल खबर अनुसार उनलाई साइन गर्न रियल मुख्य दाबेदारको रुपमा छन् तर लिभरपूल पनि सो दौडको लागि तयार हुने छन्।