बार्सिलोना विरुद्ध बेलको त्यो उत्कृष्ट सोलो गोल

पूर्व रियल म्याड्रिड स्टार ग्यारेथ बेल हालै क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोसना गरेका छन् भने उनको उक्त निर्णय पछि कोपा डेल रे फाइनलमा उनले गरेको गोल हाल फेरी भाइरल हुँदै गएको छ र उक्त गोल उनको सबैभन्दा क्यारियरको सबैभन्दा उत्कृष्ट गोल रहेको धेरैको विश्वास छ ।

२०१३मा बेल टोटेनह्यामबाट £८५ मिलियन रियल आएका थिए र कोपा डेल रे र च्याम्पियन्स लिग जित्दै आश्चर्यजनक पहिलो अभियानको आनन्द उनले लिए।

दुबै प्रतियोगिताको फाइनलमा बेलले गोल गरे र बार्सिलोना विरुद्धको अन्तिम चरणको गोल अझै पनि धेरै फ्यानहरूको स्मृतिमा रहेको छ।

खेलको ८५ औँ मिनेटमा, स्कोर १-१ रहेको समयमा, बेलले उत्कृष्ट दौड लगाउँदै मार्क बार्ट्रालाई पछि पारेर निकै उत्कृष्ट गोल गरेका थियो सो गोलको प्रशंसा बार्सा फ्यानहरुले पनि गरेका थिए।

सो गोलबाट बेलले ला लिगामा आफ्नो आगमनको घोषणा गरेका थिए र उनी फ्यानहरूका प्रिये बनेका थिए।

युसेन बोल्टले पनि बेलको प्रशंसा गरेका थिए: “बेलले गरेको जस्तो गोल विश्वमा सबै स्प्रिन्टरको चाहना रहेको छ। उनी विश्वमै सब भन्दा तेज फुटबलर हुन्।”

दुर्भाग्यवश: हाल बेलले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् तर उनको उत्कृष्ट गोलहरू सधैँ फ्यानहरूको स्मृतिमा रहने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ