बार्सिलोना र लियोन बीच स्टार फोवार्डको सम्झौताको बारेमा वार्ता हुदै गरेको छ।
बार्सा लियोनका स्टार मेम्फिस डिपे साइन गर्न धेरै नजिक पुगेको खबर छ। खबर अनुसार डिपे र बार्सा बीच व्यक्तिगत सम्झौतामा सहमति भएको छ र हाल बार्सा र लियोन बीच वार्ता हुदै गरेको छ।
Barcelona are working to get Memphis Depay – personal terms agreed but no official bid to OL yet.
Barça also started contacts to sign Aubameyang weeks ago, but Koeman wants Depay and Auba decided to extend his contract with Arsenal [agreed until 2023 and official soon]. 🛑 #FCB
— Fabrizio Romano (@FabrizioRomano) September 11, 2020
कोमन लियोन कप्तानका ठूलो प्रशंसक हुन् र कोमन उनलाई लुइस लुइस सुआरेजको लागि प्रतिस्थापनको रुपमा भित्राउन चाहन्छन्।
२६ बर्सका स्टार लियोनको लागि राम्रो खेल्दै छन् भने च्याम्पियन्स लिगमा पनि उनको निकै राम्रो प्रदर्शन थियो।
लियोनले उनको लागि €३० मिलियन सम्मको माग गर्ने खबर छ- खेलाडी र बार्सा बीच व्यक्तिगत सम्झौतामा सहमति भए पनि बार्सा र लियोन बीच अझै कुरा मिलेको छैन बार्साले आफ्नो खेलाडी र २० मिलियनको प्रस्ताव गर्न सक्ने पनि कुरा रहेको छ।
Barcelona value Memphis Depay at 20-25 million euros, since he’s free next year. Depay doesn’t want to renew with Lyon and wants to become a Barça player. [md] pic.twitter.com/a1rHy3RK62
— barcacentre (@barcacentre) September 9, 2020
लियोनले उनलाई यहि बर्स बेच्न पर्ने हुने छ अर्को सिजन क्लब र उनको सम्झौता अन्त्य हुने छ जसको मतलब उनि फ्री एजेन्टमा अन्य क्लब नि: शुल्कमा जान सक्ने छन्।