बार्सिलोना र लिभरपुल बिचको खेलमा मिल्नरलाई मेस्सीले ‘गधा’ भनेको खुलासा

लिभरपुलका जेम्स मिल्नरले च्याम्पियन्स लिगको खेल दौरान बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफुलाई अपशब्द बोलेको बताएका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेग खेलमा मेस्सीले आफुलाई ‘गधा’ को संज्ञा दिदै गाली गरेको मिल्नरले दाबी गरेका छन् । क्याम्प नाउमा गत मे २ मा भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले ३-० को जित निकालेको थियो । उक्त खेलमा मेस्सीले आफुलाई स्पेनिस भाषामा अपशब्द बोलेको मिल्नरले दाबी गरेका छन् ।

‘मेस्सी खुशी थिएन । उसले मलाई खेलको पहिलो हाफमा ‘बुर्राे’ शब्दको प्रयोग गर्यो । यसको अनुवाद ‘गधा’ हो,’ मिल्नरले डेलीमेलसंग भने, ‘तर, मलाई लाग्छ स्पेनिस फुटबलमा यो शब्दको प्रयोग हुनु सामान्य हो।’