बार्सिलोना र म्यान्चेस्टर युनाइटेड जस्तो क्लबलाई फिफाको चेतावनी

फिफाले बार्सिलोना र म्यान्चेस्टर युनाइटेड जस्तो क्लबहरुलाई चेतावनी दिदै बयान जारि गरेका छन्।

बार्सिलोना र म्यान्चेस्टर युनाइटेड र अन्य ठुलो युरोपियन क्लबहरु नयाँ युरोपियन ‘सुपर लिग’ बनाउने चर्चा रहेको थियो र हाल सो बारे फिफाले सो क्लबहरुको खेलाडीहरुलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

नयाँ ‘सुपर लीग’ सुरु गर्ने बारे म्यानचेस्टर युनाइटेड र लिभरपूल धेरै समय देखि इच्छुक रहेको खबर थियो र ‘सुपर लीग’ प्रोजेक्टमा सामेल हुन धेरै ठुलो युरोपियन क्लबहरु इच्छुक थिए।

२०२२ सम्म सो लिग सुरु गर्ने क्लबहरुको योजना र बजेट $६ बिलियन बजेटको पनि तयारी रहेको चर्चा थियो तर हाल फिफाले सो क्लब र खेलाडीहरुलाई चेतावनी दिएका छन्।

सो सुपर लिगमा खेल्ने क्लबका खेलाडीहरुलाई अन्तर्राष्ट्रिय खेल विश्वकप र युरो कप जस्तो प्रतियोगिताबाट प्रतिबन्ध गर्ने फिफाको चेतावनी रहेको छ र फिफाको सो निर्णयमा यूईएफएको को साथ अन्य फुटबल महासङ्घ र निकायको पनि समर्थन रहेको छ।